युनिटी कप टी-२०: वेस्ट इन्डिजलाई हराउँदै नेपालको ऐतिहासिक जित

राष्ट्रपाटी न्युज

अशोज १२, २०८२

काठमाडौं । नेपालले वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक जित निकालेको छ ।

युएईमा भइरहेको युनिटी कप टी-२० सिरिजको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक विजय हात पारेको छ।

नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।

नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजलाई नेपाली बलरहरूले सानदार प्रदर्शन गर्दै लक्ष्यभन्दा अगाडि नै समेटे।

यो जितसँगै नेपाली क्रिकेटले नयाँ अध्यायको सुरुवात गरेको छ।

नेपाल र वेस्ट इन्डिजबीच तीन खेलको सिरिज अन्तर्गत अब बाँकी दुई खेल क्रमशः सोमबार र मंगलबार शारजाहमै हुनेछन्।

यसपछि नेपाली टोली आइसिसी टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट खेल्न ओमान प्रस्थान गर्नेछ ।


Published :अशोज १२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media