प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै कालीकोटमा एमालेको जागरण सभा

राष्ट्रपाटी न्युज

कार्तिक २९, २०८२

कालीकाेट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी कालीकाेटले सदरमुकाम मान्ममा र्‍यालीसहित जनसभा आयोजना गरेकाे छ ।

प्रतिगामी षड्यन्त्र र विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मागसहित एमाले जिल्ला कमिटी कालीकाेटले आईतवार सदरमुकाम मान्ममा शान्तिपूर्ण र्‍याली सहित जनसभा कार्यक्रम गरेको हाे ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटीकाे प्रमुख आतिथ्यता, नेकपा एमाले कालीकाेट पार्टी इन्चार्ज नगिन्द्र शाही (नेशनल) काे विशेष आतिथ्यता एमाले कालीकाेटले जनसभा कार्यक्रमकाे आयाेजना गरिएकाे बताइएको छ ।


Published :कार्तिक २९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media