एनपीएलमा आज पोखरा र सुदूरपश्चिमबीच भिडन्त

राष्ट्रपाटी न्युज

मंसिर ५, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा खेल हुँदैछ। शुक्रबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।

पोखरा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने छ भने सुदूरपश्चिम राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा हुनेछ।

नेपाली क्रिकेटमा कुशल राम्रो ब्याट्सम्यानको रुपमा चिनिन्छन्। अघिल्लो खेलमा कुशलले हिर्काएको सिक्सले स्टार स्पोटर्सको कमेन्टेटर बक्सको सिसासमेत फुटेको छ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र अलराउन्डर हुन्। उनको बल, ब्याट र फिल्डको गतिलाई रोक्न विपक्षीलााई धौधौ पर्छ। यी दुई कप्तान रहेको टिमको प्रतिस्पर्धालाई रोचक रुपमा हेरिएको छ ।


Published :मंसिर ५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media