कर्णालीलाई सुदूरपश्चिमले दियो १४० रनको सामान्य लक्ष्य

राष्ट्रपाटी न्युज

मंसिर ८, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा बलिङमा कर्णाली याक्स दबदाब रहँदा सुदूरपश्चिम रोयल्सले १४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारितक २० ओभरको ९ विकेट गुमाएर १३९ रन बनाएको हो ।

कर्णालीका कप्तान सोम्पाल कामीले पहिलो ओभरको पहिलो बलमै सुदूरपश्चिमका आपनर जोश ब्राउनलाई डक आउट गराए ।

पहिलो ओभरदेखि नै बलिङमा प्रभाव छोडेको कर्णालीले इनिङ भरी लयमा बलिङ ग¥यो । सोमपालले जोश र हर्मित सिंह जस्ता महत्त्वपूर्ण ब्याटरलाई आउट गराउँदै तीन विकेट लिए ।

उनले एक ओभर मेडन फ्याके । चार ओभर बलिङ गर्दा उनले ३२ रन खर्चिए ।


Published :मंसिर ८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media