
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा विदुर कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन ।२०४६ सालमा तत्कालिन नेकपा मालेको सदस्यता प्राप्त गरि निरन्तर नेकपा एमालेको राजनितिमा सकृय कार्कीले यो पटक मजदुर क्लष्टरबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिएका हुन ।
२०५० सालदेखि नेपाल ट्रेड युनियन महासँघका बिभिन्न पदमा कार्यरत रहदै आएका कार्की उक्त सङ्गठनको तिनपटक सम्म निरन्तर उपाध्यक्षको भुमिकामा छन । हाल उनि उपत्यका बिशेष प्रदेश कमिटिमा रहेर आफ्नो जिम्वेवारी बहन गरिरहेका छन ।
भोलि हुने नेकपा एमालेको महाधिवेशनको मतदान प्रकृयामा सम्पुर्ण प्रतिनिधिहरूलाइ मतदानका लागि कार्कीले आग्रह गरेका छन ।