एमाले ओखलढुंगाका पुराना नेता सिताराम गुरुङ नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

ओखलढुंगा। नेकपा एमाले ओखलढुंगाका पुराना नेता एवम रुम्जाटार गाविसका पुर्व अध्यक्ष सिताराम गुरुङ प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। उनले नेपाली कम्युनिष्ट पार्टीका नेता प्रचण्ड र माधव नेपालको हातवाट टिका तथा खादा ग्रहण गरि उक्त पार्टीमा प्रवेश गरेका हुन्। उनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस जारि गर्दै २०४२ सालमा अनेरास्ववियु र २०५१ सालमा नेकपा एमालेमा प्रवेश गरेको र १९ बर्ष जिल्ला कमिटी, २ कार्यकाल कोशी प्रदेश कमिटी र केन्द्रिय बिभागमा जिम्वेवारी बहन गरेको जानकारी दिएका छन्।

उनले सामाजिक संजाल फेसबुकमा राखेको स्टाटस जस्ताको तस्तै यसप्रकार रहेको छ।
नेपाली कम्युनिष्ट आन्दोलनमा नै रहिरहनेछु।२०४२ साल मई दिबसमा चौथो महाधिबेशन बिद्यार्थी सँगठन अनेरास्वबियु प्रबेश नेतृत्व गर्दै २०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी एमालेमा कमरेड छबि कार्कीको पहल कदमीमा श्रदेय ईश्वर पोखरेलको हातबाट प्रबेश गरी १९ बर्ष जिल्ला कमिटी २ कार्यकाल कोशी प्रदेश कमिटी र केन्द्रिय बिभाग हुदै रुम्जाटार गाबिस मा बिजय हासिल गरी जनप्रतिनिधी समेत भएको थियो। बिशेषगरी ओखल्ढुगामा एमालेको नबौ जिल्ला अधिबेशनमा सहयोग र समर्थन गरी मलाई नेतृत्व स्थापित गर्न खोज्ने हरु मेरो जिवन रहुन्जेल आभारी हुनेछु।त्यस पश्चात मेरो समर्थक,सहयोगी र मेरो पक्षधरहरु लाई कित्ताकाट गरी स्थानिय निर्वाचनमा टिकट र जिम्मेवारी नदिएपछि जबर्जस्त रुपमा पाचँवटा स्थानिय निकाय बिजय हासिल गर्ने अबस्थामा एकलौटी गरेकोमा प्रतिरोध गरी स्वतन्त्र उम्मे दवार कायम गरी देखिने गरी प्रतिरोध गरेको थियो यसरी नेकपा एमालेमा रहेर २०५४ मा स्थानिय निर्वाचन,२०७० मा प्रतिनिधी सभा र २०७४ मा पार्टीका तर्फबाट चुनाब परिचालन सँयोजक भई केन्द्रिय र प्रदेश सभा चुनाब बिजय मेरै नेतृत्वमा बिजय गराएको थियो। पार्टी भबन को लागि २०६५-६७ सम्म एकतलाको लागि ८७५०००/-योगदान गरेकोछु ।पार्टी र पार्टी सम्बद्द सँघ सस्था र सामाजिक सँस्थाको लागी आधा करोड जति पार्टी र कार्यकर्ताको ईज्जत बढ्छ कि भनि गरेको थियो , पार्टी निजी स्वार्थ र गुटगत भएपछि केहि योगदान गर्न मन नलागेर यस पार्टीमा आबद्द भएको छु , मेरो एमालेमा रहदाँ मलाई सहयोग गर्नेहरु मत दिनेहरु आन्त रिक वा बाह्य चुनाबमा सहयोग गर्नेहरु चिनेको छु,सहयोगसमेत सम्झेको छु ।मलाई बिरोध गर्ने प्रत्येक मेरो श्रेय बढ्ने बेलामा बाटो छेक्ने प्रति केहि गुनासो छैन, शिक्षा दिएको छ। अब आज देखिको भुमिका नेपाली कम्युनिष्ट पार्टीमा हुनेछ । मलाई यस अबस्थामा ल्याई पुर्याई सहयोग गर्ने जिल्ला नेतृत्व प्रति आभारी छु ।अरु सबै सरोकारवालाहरुमा धन्यबाद व्यक्त गर्दछु।

 

 


Published :पुस ७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media