
काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटिको पूर्ण बैठक आज सम्पन्न भएको छ । उक्त बैठकले आगामी फाल्गुन २१ गते हुने निर्वाचनका सम्बन्धमा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष निर्वाचन तर्फ उम्मेदवार सिफारिस गर्न बिबिध निर्णयहरु गरेको छ।
उक्त निर्णय अनुसार भेालि १९ गते सबै प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीले बिस्तारीत भेला आयोजना गरि प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको सम्वन्धमा सुझाव लिने ,पैाष २० गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रिय समन्वय कमिटीकेा पुर्ण बैठक बसि नाम सिफारिस गर्ने र पैाष २२ गते दिनकेा २ बजे जिल्ला सचिवालय बैठक आयेाजना गर्ने निर्णय गरेको नेकपा एमाले काठमाडौं श्रोतले जानकारी दिएको छ।
त्यसैगरी काठमाडौं क्षेत्र नम्वर ९ मा रिक्त रहेकेा संयोजकमा सचिबालय सदस्य चिनकाजि महर्जन र सचिबमा जिल्ला सदस्य संजिब आचार्यलाइ चयन गर्ने निर्णय भएको बताइएको छ।