एमाले अध्यक्ष ओलीलाई सात दिनभित्र बयानका लागि आउन जाँचबुझ आयोगको पत्र

काठमाडौं । गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका नाममा भएको विध्वंश र हिंसात्मक घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र थमाएको छ।

आयोगको टोलीले भक्तपुरको गुण्डुस्थित उनको निवासमै पुगेर सात दिनभित्र बयान आउनुपर्ने व्यहोराको पत्र थमाएको हो ।

पूर्वप्रधानमन्त्री ओलीको निवासमै पत्र पुगेको सदस्य एवम् पूर्वडीआईजी विज्ञानराज शर्माले बताएका छन् ।

आयोगले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनामा संलग्न सबैजसोसँग बयान लिइसकेको छ। तत्कालीन गृहमन्त्री रमेश लेखकसँग पनि आयोगले कार्यालयमै बोलाएर बयान लिएको छ।

तत्कालीन प्रधानमन्त्री ओलीले आयोगलाई बयान नदिने अडान राखेका छन् । उनले कार्कीको योग्यता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाइरहेका छन् । कार्कीले आफू आयोगको संयोजक हुनुअघि नै आफ्नो धारणा राखिसकेकाले उनले आफ्नो बयान लिन नसक्ने तर्क गर्दै आएका छन् ।


Published :पुस २०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media