
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरुले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पारेका छन् ।
बुद्धिजीविहरुसँगको बुधवारको छलफलका क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले केही नेताहरुले आफू सभापति बन्नका लागि पार्टीमा विरोध गरिरहेको छ भन्ने आरोप लगाएको भन्दै आफूहरुलाई सभापति बन्ने चाहना नरहेको बताए । उनले सभापति बन्ने चाहना राख्ने डा. शेखर कोईराला वा अन्य कोही पनि नेताहरु सभापति बन्नसक्ने बताए ।
उनले कारोबारी राजनीतिलाई अन्त्य गर्न जरुरी रहेको बताए । महामन्त्री थापाले पार्टीलाई ठिक ठाउँमा उभ्याउने आफूहरुको एकमात्र चाहना रहेको जिकिर गरे ।
महामन्त्री थापाले नेपालको ठूलो पार्टीलाई बनाउँ भन्ने मात्रै आफूहरुको चाहना रहेको बताए । संस्था जोगाउने र परिवर्तनको मुद्दा नमार्ने गरी आफूहरु अघि बढ्न चाहेको बताए ।