लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्न माग

काठमाडौं । लौरो अभियानले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित रुपमा फिर्ता गर्न माग गरेको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लौरो अभियानले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित रुपमा फिर्ता गर्न माग गरेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेसँगै लौरो चुनाव चिन्ह उनको वा उनको समूहको रहन नसक्ने लौरो अभियानका अभियान्ता डम्बर साहुले बताए । उनका अनुसार लौरो स्वतन्त्रहरुको प्रतिक हो । बालेन्द्र साह र उनको टिमले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित, सम्मानजनक र आधिकारिक रुपमा फिर्ता गर्न माग गरे ।

लौरो चुनाव चिन्ह कुनै व्यक्ति, समूह वा गुटको नभएको उनले बताए ।


Published :पुस २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media