राष्ट्रिय युवा संघ नेपाल दोलखाको चुनाव केन्द्रित बैठक सम्पन्न

दोलखा। राष्ट्रिय युवा संघ नेपाल, दोलखा जिल्लाद्वारा आयोजना गरिएको चुनाव केन्द्रित बैठक विभिन्न महत्वपूर्ण एजेन्डामा केन्द्रित रही सम्पन्न भएको छ। बैठक सुरज खड्काको संयोजकत्वमा सम्पन्न भएको हो।

बैठकका प्रमुख अतिथि नेकपा (एमाले) बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भरत वहादुर के.सी. रहेका थिए । उनले आगामी निर्वाचनमा पार्टी र संगठनको भूमिकाबारे स्पष्ट दिशानिर्देश दिँदै युवाहरूलाई संगठित रूपमा मैदानमा उत्रन आग्रह गरेका थिए।

कार्यक्रममा विशेष अतिथिका रूपमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यहरू सरोज बस्नेत र सुजन श्रेष्ठको उपस्थिति रहेको थियो। त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि विभाग सदस्य विशाल काफ्ले खत्री, नेशनल भोलुन्टियर फोर्सका केन्द्रीय सदस्यहरू भुवन गुरुङ र सोम मोक्तानले पनि आ–आफ्ना धारणा राखेका थिए ।

बैठकमा निर्वाचन रणनीति, संगठन सुदृढीकरण, युवा परिचालन तथा पार्टी उम्मेदवारको पक्षमा प्रभावकारी भूमिका खेल्ने विषयमा गहन छलफल गरिएको थियो। सहभागीहरूले दोलखामा नेकपा (एमाले) लाई विजयी गराउन एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उक्त कार्यक्रममा चुनावी युवा परिचालन कमिटी जिल्ला संयोजक सुरज खडकाको संयोजकत्वमा ५०१ सदस्य कमिटी गठन गरिएको थियो ।

प्रचार प्रसारमा मिलन खडकाको संयोजकत्वमा ३५१ सदस्य कमिटी गठन गरिएको राष्ट्रिय युवा संघ नेपाल शिक्षा, विज्ञान तथा प्रविधि विभाग सदस्य विशाल काफ्ले खत्रीले जानकारी दिएका छन्।


Published :माघ २१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media