निर्वाचनका लागि तीन तहको सुरक्षा व्यवस्था, बाहिरी घेरामा नेपाली सेना

राष्ट्रपाटी न्युज

फाल्गुन २०, २०८२

काठमाडौं । सरकारले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न देशभरका मतदान स्थलहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरी एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार गृह मन्त्रालयको समन्वयमा तयार पारिएको यस योजनाले सुरक्षा व्यवस्थालाई थप कडा र प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

देशभरका कुल १० हजार ९ सय ६७ मतदान स्थलहरूलाई सुरक्षा चुनौतीका आधारमा तीन तहमा विभाजन गरिएको छ।

विगतका निर्वाचनहरूको विश्लेषण र वर्तमान स्थितिको मूल्याङ्कन गर्दै ३ हजार ६ सय ८० वटा स्थललाई ‘अति संवेदनशील’ को सूचीमा राखिएको छ।

त्यसैगरी, ४ हजार ४ सय ४२ वटा मतदान स्थल ‘संवेदनशील’ र २ हजार ८ सय ४५ वटा स्थल ‘सामान्य’ श्रेणीमा रहेका छन्। राउतका अनुसार तीन घेरामा सुरक्षा प्रबन्ध रहन्छ ।

जुन विगतदेखि नै हुने गरेको अभ्यास हो । त्यसमा सबभन्दा ‘आउटर’ (बाहिरी) घेरामा नेपाली सेना त्यसपछि सशस्त्र प्रहरी बल र ‘कोर’ (भित्री) घेरामा भित्र नेपाल प्रहरीको रहने व्यवस्था छ ।


Published :फाल्गुन २०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media