मतदान सकिएपछि बालेनले प्रधानमन्त्री कार्कीलाई दिए धन्यवाद

राष्ट्रपाटी न्युज

फाल्गुन २१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीलाई आमा सम्बोधन गरेका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि भएको मतदान सम्पन्न भएपछि नेता बालेनले प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएका हुन्।

उनले प्रधानमन्त्री कार्की नेतृत्वमा लोकतन्त्रको विजयी भएको उल्लेख गरेका छन्। ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ आमा,’ सामाजिक सञ्जालमा उनले भनेका छन्।

नेता बालेन झापा ५ बाट उम्मेदवार छन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दैछन्। रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिएको थियो। एमालेले पनि ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा यसअघि नै घोषणा गरिसकेको छ।


Published :फाल्गुन २१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media