प्रतिनिधिसभा निर्वाचनमा देशभर ६० प्रतिशत मतदानः आयोग

राष्ट्रपाटी न्युज

फाल्गुन २१, २०८२

काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ।

आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रतिनिधि सभा निर्वाचनबारे विवरण दिएका छन्। उनले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्पन्न भएको मतदानमा ६० प्रतिशत मतदान भएको बताएका छन् ।

भण्डारीका अनुसार देशभर करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक विवरण आएको छ। केही मतदान केन्द्रमा अहिले पनि मत खस्ने प्रक्रिया जारी रहेको उनले बताए। निर्वाचन पर्यवेक्षणमा खटिएका संस्थाहरूले सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित भएको रिपोर्ट दिएका उनले बताए ।

‘मतगणनास्थलमा मतपेटिका आएपछि गणना थालिनेछ। हिमाली क्षेत्रका १५ जिल्लाका मतपेटिका भोलिसम्म सदरमुकाममा ल्याएर गणना सुरु गरिने योजना छ’, उनले भने ।

तोकिएको मितिमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण भए पनि प्रक्रिया सफल भएको भण्डारीले उल्लेख गरे ।


Published :फाल्गुन २१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media