कुलमानलाई हराउँदै काठमाडौँ-३ बाट रास्वपाका राजुनाथ पाण्डे विजयी

राष्ट्रपाटी न्युज

फाल्गुन २२, २०८२

काठमाडौँ । काठमाडौँ-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे विजयी भएका छन् ।

रास्वपाका उम्मेदवार पाण्डेले १८ हजरा  ७ सय ५७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार  १ सय ७१ मत प्राप्त गरेका छन् ।

यहाँ कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले ३८१६ मत ल्याए । त्यस्तै नेकपाका उम्मेदवार निरज लामाले ५१८ मत मात्रै ल्याए ।


Published :फाल्गुन २२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media