बाँके २ बाट एमालेले खाता खोल्यो, मोहम्मद इस्तियाक राई निर्वाचित

राष्ट्रपाटी न्युज

फाल्गुन २३, २०८२

काठमाडौं । नेकपा एमालेले बाँके २ मा खाता खोलेको छ। बाँके २ मा एमालेका मोहम्मद इस्तियाक राई विजयी भएका छन्।

उनले २४ हजार ६२६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ५८१ मत ल्याए भने कांग्रेसका सुधान्सु कोइरालाले १७ हजार ५९० मत ल्याए।


Published :फाल्गुन २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media