तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा निर्वाचित

राष्ट्रपाटी न्युज

फाल्गुन २३, २०८२

काठमाडौं । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई ८८० मतान्तरले हराए ।

सुब्बाले ११ हजार ५६१ मत पाउँदा ढकालले १० हजार ६८२ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत पाए भने श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले ५ हजार २०० मत पाए । नेकपाका रनध्वज लिम्बुको पक्षमा ९१९ मत पर्‍यो ।


Published :फाल्गुन २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media