म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन विजयी

राष्ट्रपाटी न्युज

फाल्गुन २३, २०८२

बेनी । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् ।

२२ हजार ८५० मतका साथ उनी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरे ।

नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरे ।


Published :फाल्गुन २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media