पर्सा –२ मा रास्वपाका सुशील साह कानु भारी मतान्तरले निर्वाचित

राष्ट्रपाटी न्युज

फाल्गुन २३, २०८२

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील साह कानु भारी मतान्तरसहित विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार कानुले २५ हजार २ सय ५० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी चौरसियाले १० हजार ८० मत प्राप्त गरेका छन्। यससँगै कानुले चौरसियालाई १५ हजार १ सय ७० मतान्तरले पराजित गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) की उम्मेदवार रिमा यादवले ९ हजार ८ सय ४४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छन्।


Published :फाल्गुन २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media