रुपन्देही–२ मा एमालेका पौडेललाई भारी मतान्तरले हराउँदै रास्वपाका सुलभ खरेल निर्वाचित

राष्ट्रपाटी न्युज

फाल्गुन २३, २०८२

काठमाडौँ । रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी भएका छन् । उनले नेकपा एमालेका नेता पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई हराउँदै शानदार जित निकालेका हुन् ।

रास्वपाका खरेलले ५६ हजार ५ सय ५० मत ल्याउँदा एमालेका पौडेलले १२ हजार ८ सय ६१ मत मात्र पाएका छन् ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले नौ हजार ३ सय ९२ मत पाएका छन् ।


Published :फाल्गुन २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media