गुल्मी २ मा एमालेका गोकर्णलाई हराउँदै रास्वपाका गोविन्द पन्थी निर्वाचित

राष्ट्रपाटी न्युज

फाल्गुन २३, २०८२

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्।  पन्थीले १६ हजार ९ सय ६१ मत प्राप्त गर्दै विजय हाँसिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गोकर्णराज बिष्टले १६ हजार ४ सय ०६ मत प्राप्त गरेका छन् । पन्थीले ५ सय ६१ मतान्तर सहित आफ्नो जीत निकालेका हुन ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठले १४ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महतले ३ हजार ८१ मत प्राप्त गरेका छन ।


Published :फाल्गुन २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media