चितवन ३ बाट रास्वपाकी सोबिता गौतम सर्वाधिक मतले निर्वाचित, रेनु पराजित

राष्ट्रपाटी न्युज

फाल्गुन २३, २०८२

चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् । सोविता गौतमले अहिलेसम्मकै सर्वाधिक मतको जित निकाल्दा कांग्रेस–एमालेका उम्मेदवारको जमानत जफत भएको छ ।

गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन् । यो अहिलेसम्मकै सर्वाधिक मतको जित हो ।

गौतमकी निकतम प्रतिप्रस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याइन् । गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६ सय ६२ छ ।


Published :फाल्गुन २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media