तनहुँ १ बाट रास्वपाका स्वर्णिमको जित, गोविन्द फेरि पराजित

राष्ट्रपाटी न्युज

फाल्गुन २३, २०८२

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले निर्णायक अग्रता बनाउँदै विजयी भएका छन्।

वाग्लेले कुल ३८ हजार ०४० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्दी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत पाएका छन्। यसरी वाग्लेले भट्टराईभन्दा २१ हजार ८०९ मतान्तरले फराकिलो अग्रता कायम गरेका हुन्।

नेकपा एमालेकी भगवती नेउपानेले ५ हजार ६५३ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएकी छन् भने नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले २ हजार ३५२ मत मात्र पाएका छन् ।


Published :फाल्गुन २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media