जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही विजयी

राष्ट्रपाटी न्युज

फाल्गुन २३, २०८२

जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एकमात्रै क्षेत्र रहेको जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् ।

यस जितसँगै राप्रपाले यो निर्वाचनमा पहिलो जित निकालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सुनामी चलेका बेला शाहीको जितसँगै अब संसद्मा राजा र हिन्दु राष्ट्रको एजेन्डा बोल्ने उनी मात्रै हुने भएका छन् ।

शनिबार दिउँसो सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार शाहीले १४ हजार ६५ मत प्राप्त गरे।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारी ११ हजार १२३ मत प्राप्त गरे । तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले ६ हजार ६६४ मत पाए। नेकपा (एमाले) का उम्मेदवार शान्तीलाल महतले ४ हजार २८८ मत ल्याए । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विनिता कठायतले ३९८ मतमात्र प्राप्त गरिन् ।


Published :फाल्गुन २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media