दैलेख-२ बाट एमालेका लक्ष्मीप्रसाद पोखरेल निर्वाचित

राष्ट्रपाटी न्युज

फाल्गुन २३, २०८२

काठमाडौँ ।  दैलेख क्षेत्र नम्बर-२ बाट नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् ।

पोखरेलले १३ हजार ८८९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बखतबहादुर शाहीले ६ हजार ७९७, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का योगेन्द्रबहादुर शाहीले ३ हजार ८५१ र नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले १ हजार ५१२ मत प्राप्त गरे ।


Published :फाल्गुन २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media