ओखलढुंगाबाट रास्वपाका विश्वराज पोखरेल ५ मतको झिनो अन्तरले निर्वाचित

राष्ट्रपाटी न्युज

फाल्गुन २४, २०८२

काठमाडौं । ओखलढुंगा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा पूर्व एआईजी विश्वराज पोखरेल ५ मतको झिनो अन्तरले विजयी भएका छन्।

पोखरेलले कुल १३ हजार ९५३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइटेलले १३ हजार ९४८ मत प्राप्त गरे। दुवै उम्मेदवारबीचको मतान्तर मात्र ५ मत रहेको छ।

यस निर्वाचनमा नेकपाका अम्बिरबाबु गुरुङ तेस्रो स्थानमा रहे। उनले ११ हजार २९६ मत प्राप्त गरे। नेकपा (एमाले) की उम्मेदवार अस्मिता थापा १० हजार ७२० मतसहित चौथो स्थानमा रहिन्।

अन्य उम्मेदवारमध्ये श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले ३ हजार ८५८ मत, उज्यालो नेपाल पार्टीका किशोरी कार्कीले ९६५ मत, मंगोल नेशनल अर्गनाइजेशनका वजेन्द्र राईले २२३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका डिकप्रसाद बास्तोलाले १७८ मत प्राप्त गरेका छन्।


Published :फाल्गुन २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media