बालेनले शुक्रबार मध्याह्न १२:३४ बजे प्रधानमन्त्री पदको शपथ लिने

राष्ट्रपाटी न्युज

चैत्र ११, २०८२

काठमाडौं । बालेन्द्र शाह (बालेन) ले आगामी चैत १३ गते शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्री पदको शपथ लिने भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी का महामन्त्री कबिन्द्र बुर्लाकोटी का अनुसार शपथ ग्रहणको तयारीका लागि राष्ट्रपतिको कार्यालयसँग समन्वय भइरहेको छ।

शपथ ग्रहण समारोहलाई विशेष बनाउँदै ७ वटा शंखबाट शंखनाद गरिनेछ भने १०८ जना बटुकद्वारा स्वस्ति–शान्ति वाचन गरिने कार्यक्रम तय गरिएको छ। साथै, १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठसमेत गरिनेछ।

शपथपछि सोही दिन दिउँसो २ बजेर १५ मिनेटमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली कार्यक्रम राखिएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले १८२ सिट जित्दै झण्डै दुई तिहाइ बहुमत हासिल गरेको छ र एकल सरकार गठन गर्ने तयारीमा रहेको छ।


Published :चैत्र ११, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media