नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण भोलि दिउँसो २ बजे

राष्ट्रपाटी न्युज

चैत्र ११, २०८२

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुले भोलि बिहीबार दिउँसो शपथ ग्रहण गर्ने भएका छन् ।

भोलि  दिउँसो २ बजे शपथ ग्रहण गर्ने तय भएको संघीय संसद् सचिवालयले जनाएको छ । शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ।

नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनेछन्। केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।


Published :चैत्र ११, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media