एमाले अध्यक्ष ओली पक्राउ

राष्ट्रपाटी न्युज

चैत्र १४, २०८२

काठमाडौँ । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो । शुक्रबार नयाँ सरकार गठन भए लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो ।


Published :चैत्र १४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media