
काठमाडौं । प्रहरीले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको नक्सालबाट पक्राउ गरेको हो ।
दीपक भट्टसमेत जोडिएको विवादित सेयर कारोबारबारे नेपाल धितोपत्र बोर्डको जाँचबुझ प्रतिवेदनका आधरमा गोल्छालाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त विवादित सेयर कारोबारमार्फत् अर्बौँ हिनामिना गरिएको भन्दै सरकारले गृहमन्त्री सुधन गुरुङको राजीनामाको भोलिपल्टै गोल्छालाई पक्राउ गरेको हो । सो प्रकरणमा उनीसहित अन्य ५ जना संलग्न रहेको दाबी गरिएको छ ।