राप्रपा नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

राष्ट्रपाटी न्युज

बैशाख ११, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई शुक्रबार पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार आफूअनुकूल ठेक्का पार्ने उद्देश्यले ई–बिडिङ प्रणालीको वेबसाइट ह्याक गरेको आरोपमा पाण्डेलाई नियन्त्रणमा लिइएको हो।

पाण्डे राप्रपाका उपाध्यक्षसमेत हुन्। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।
यसअघि पनि उनी सिक्टा सिंचाइ आयोजनासम्बन्धी मुद्दामा विवादमा परेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ सालमा आयोजनामा गुणस्तरहीन काम भएको भन्दै उनीविरुद्ध मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा उनले ४ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

यसअघि उद्योगी शेखर गोल्छा पक्राउ परेका थिए ।

गोल्छा बिहीबार नक्सालबाट पक्राउ परेका थिए । धितोपत्रसम्बन्धी ऐन, ०६३ अन्तर्गतको कसुरमा गोल्छालाई पक्राउ गरिएको हो । गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् ।


Published :बैशाख ११, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media