विश्वकप लिग–२: ओमानविरुद्ध नेपालको फराकिलो जित

राष्ट्रपाटी न्युज

बैशाख २२, २०८३

काठमाडौं । आइसीसी विश्वकप लिग–२ को जारी श्रृंखलाको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा २५६ रन बनाउँदै अलआउट भएको थियो ।

नेपालले दिएको २५७ रनको विजयी लक्ष्य पछ्याएको ओमान ३९.४ ओभरमा १७५ रन बनाउँदै अलआउट भएको हो । ओमानमाथि जित निकाल्दै नेपालले जारी श्रृंखलाको ४ मध्ये ३ खेल जितेको छ । नेपालको जितमा नेपालका तीव्र गतिका बलर गुल्सन झाले उत्कृष्ट बलिङ गरे । उनले ९ ओभर बलिङ गर्दै ५ विकेट लिँदै ओमनको ब्याटिङ ध्वस्त पारेका थिए ।


Published :बैशाख २२, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media