‘लिपुलेकबारे भारत–चीनले गरेको सम्झौता रास्वपालाई मान्य हुँदैन’

राष्ट्रपाटी न्युज

बैशाख २३, २०८३

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले लिपुलेक क्षेत्रलाई लिएर दुई छिमेकी मुलुकहरूले गरेको व्यापारिक सम्झौता नेपालका लागि स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

सीमा विवादको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै उहाँले यस सम्बन्धमा कुटनीतिक नोटसमेत पठाइसकिएको जानकारी दिएका हुन् । पराजुलीले नेपाललाई जानकारी नगराई छिमेकी राष्ट्रहरूले लिपुलेकका सम्बन्धमा गरेको द्विपक्षीय सम्झौताप्रति आपत्ति जनाए । सीमा विवाद जस्तो संवेदनशील विषयलाई उत्तेजना भन्दा पनि कुटनीतिक र राजनीतिक संवादका माध्यमबाटै समाधान गर्नुपर्नेमा उनले जोड दिए । पराजुलीकाअनुसार सरकारले यस प्रक्रियालाई अगाडि बढाउन आवश्यक तयारी गरिरहेको छ र संवादबाटै समस्याको निकास निकाल्न सरकार प्रतिवद्ध रहेको छ ।
उनले सरकारले आफ्नो तहबाट आवश्यक पहलकदमी शुरु गरिसकेकाले यस विषयमा धेरै टिप्पणी गरिरहनु आवश्यक नरहेको समेत उल्लेख गरे ।


Published :बैशाख २३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media