नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ३ अर्बमाथि

राष्ट्रपाटी न्युज

बैशाख २५, २०८३

काठमाडौं । शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २७.४९ अंकले बढेर २७४५.६५ विन्दुमा पुगेको हो। नेप्से बढेसँगै कारोबार रकम पनि बिहीबारको तुलनामा वृद्धि भएको छ।

यसदिन ३३५ वटा स्क्रिप्सको ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर ३ अर्ब २८ करोड ६८ लाख  ७० हजार ५५९ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन बिहीबार २ अर्ब ९३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

त्रिशूली जल विद्युत कम्पनीको सेयर सर्वाधिक १० प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा होटल फोरेस्ट इन शीर्षस्थानमा रह्यो। उक्त होटलले १३ करोड ३८ लाख मूल्य बराबरको सेयर कारोबार गर्यो। रिलायन्स स्पिनिङ्ग मिल्सले १३ करोडको कारोबार  गर्दा सोलु हाइड्रोपावरले १२ करोड,नगदी ग्रुपले ११ करोड र रिडी पावरले १० करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये २३५ वटा स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो। ८ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन परिसूचक दोहोरो अंकले बढ्दा प्राय सबै उपसूचकहरूमा हरियाली छाएको छ।


Published :बैशाख २५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media