रास्वपाका १५ जनाको सदस्यता खारेज

राष्ट्रपाटी न्युज

बैशाख २८, २०८३

काठमाडौं । रास्वपाले पार्टी हित विपरीत कार्य गरेका १५ जना सदस्यहरूको सदस्यता खारेजी गरेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

कुन कुन सदस्यको सदस्यता खारेजी गरिएको भन्नेबारे रास्वपाले जानकारी गराएको छैन ।

त्यस्तै बैठकले वैशाख ३० गते केन्द्रीय समिति बोलाउने निर्णय पनि गरेको छ ।


Published :बैशाख २८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media