राष्ट्रपतिद्वारा मन्त्रालय पुनर्संरचना, संख्या २२ बाट घटाएर १८ कायम, १५ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन

राष्ट्रपाटी न्युज

बैशाख ३१, २०८३

काठमाडौं । सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झार्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक सुधार, मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा सरकारी कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचनाको निर्णय गरेको हो।

सरकारले “नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३” स्वीकृत गर्दै संघीय मन्त्रालयहरूको संरचना पुनः निर्धारण गरेको जनाएको छ।

त्यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ मन्त्रीहरूको नियुक्ति, हेरफेर तथा कार्यविभाजनसमेत गरेका छन्। राष्ट्रपति भवन, महाराजगञ्जबाट जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको हो।

नयाँ मन्त्रिपरिषद्मा प्रधानमन्त्री शाहले रक्षा, गृह तथा विज्ञान–प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।


Published :बैशाख ३१, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media