
काठमाडौं । राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नरहेको राष्ट्रिय सभाले बहुमतबाट सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएपछि राष्ट्रिय सभा नीति तथा कार्यक्रम पारित गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले तीन दिनअघि संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गरेका थिए ।