सरकारको डोजर आतंकविरुद्ध बुटवलमा प्रदर्शन

राष्ट्रपाटी न्युज

जेष्ठ ३, २०८३

काठमाडौं । रूपन्देहीको बुटवलमा सरकारको डोजर आतंकविरुद्ध अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्वासीहरूले प्रदर्शन गरेका छन्। सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई विकल्पविना डोजर लगाएर हटाउन खोजेको भन्दै देशभरका सुकुम्वासीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रूपन्देहीको आयोजनामा भएको प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट सुरू भएको थियो ।
प्रदर्शनकारीहरूले राजमार्ग चौराहा, मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोकसम्म र्‍याली निकालेका थिए। पछि ट्राफिक चोकमा पुगेर विरोध सभा गरिएको थियो ।
प्रदर्शनमा विशेषगरी तराईका २२ जिल्लाबाट आएका सुकुम्वासीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलका अनुसार सरकारले विकल्पविना गरिब सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएर हटाउने तथा विस्थापित गर्ने प्रयास गरेकाले विरोधमा उत्रिनुपरेको हो ।


Published :जेष्ठ ३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media