आईपीएलः चेन्नईविरुद्ध हैदरावादको रोमाञ्चक जित

राष्ट्रपाटी न्युज

जेष्ठ ५, २०८३

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादले चेन्नाई सुपर किंग्समाथि ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । चेन्नाईको घरेलु मैदामा भएको खेलमा हैदरावादले १ ओभर बाँकी छँदै लक्ष्य पूरा गरेको हो ।

चेन्नाईले दिएको १८१ रनको चुनौतीपूर्ण लक्ष्यलाई हैदरावादले १९ ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएर पूरा गर्‍यो । हैदरावादको जितमा ओपनर इशान किशनले उत्कृष्ट ब्याटिङ गरे ।

उनले ४७ बलमा ७० रनको महत्त्वपूर्ण इनिङ खेल्दै टोलीको जितको आधार तय गरे । किशन खेलको ‘प्लेयर अफ द म्याच’ बने ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाई सुपर किंग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो ।

हैदरावादका कप्तान प्याट कमिन्सले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै चेन्नाईका ब्याटरलाई दबाबमा राखेका थिए ।

यो जितसँगै सनराइजर्स हैदरावाद तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित चेन्नाई सुपर किंग्स छैटौँ स्थानमा छ ।


Published :जेष्ठ ५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media