नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ४ अर्ब ४९ करोडमाथि

राष्ट्रपाटी न्युज

जेष्ठ ८, २०८३

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा पुगेको छ। नेप्से बढ्दा कारोबार रकम पनि बिहीबारको तुलनामा वृद्धि भएको छ।
अघिल्लो दिन बिहीबार नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२.११ पुगेको थियो। सो दिन ३ अर्ब ८९ करोड मूल्य बराबरको कारोबार भएको थियो । कूल तीन सय ३६ कम्पनीको एक करोड आठ लाख ८८ हजार सात सय ३९ कित्ता शेयर रु चार अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारमा आएकामध्ये २०३ वटा स्टक्सको मूल्य बढ्दा ५७ वटाको घट्यो। ८ वटा स्टक्सको मूल्य स्थिर रह्यो।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सो कम्पनीको सेयर १४ दशमलव ८१ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत शीर्षस्थानमा रह्यो। सो जलविद्युतले ४३ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।
रिडी पावरले २४ करोडको कारोबार गर्दा नेसनल हाइड्रोपावर र अपी पावरले १६/१६ करोडको कारोबार गरे। ट्रेडिङ समूहबाहेक बाँकी अरू समूहको सकारात्मक देखिए ।


Published :जेष्ठ ८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media