३ करोडकाे सुनसहित व्यापारी अग्रवाल पक्राउ

राष्ट्रपाटी न्युज

जेष्ठ १९, २०८३

कर्णाली। सुर्खेत प्रहरीले ३ करोड बराबरको सुनसहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका–६ राजाचोक नजिकस्थित ‘शिव इम्पोरियम’ पसलबाट ३ करोड बराबरका सुनचाँदीका गहनासहित अग्रवाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए।

उनका अनुसार व्यापारी अग्रवालबाट विभिन्न दरका नेपाली रुपैयाँ दुई लाख १९ हजार ५००, विभिन्न दरका भारतीय रुपैयाँ आठ लाख ११ हजार ९००, नगद रुपैयाँ गन्ती गर्न प्रयोग हुने मेसिन एक थान र विभिन्न किसिमका सुन तथा चाँदीका गरगहना राखिएको बट्टा (पोका) र डिब्बा गरी १८५ थान अनुमानित ३ करोड बराबरको सुनचाँदीका गरगहना बरामद गरिएको छ।

पक्राउ परेका अग्रवालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Published :जेष्ठ १९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media