मौसम पूर्वानुमान : देशभर बदली, वर्षा र चट्याङको सम्भावना

राष्ट्रपाटी न्युज

जेष्ठ २८, २०८३

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा मिति २०८३ जेठ २७ गते बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बादल लाग्नेछ ।

त्यसैगरी, कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरू तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।


Published :जेष्ठ २८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media