नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट

राष्ट्रपाटी न्युज

असार २५, २०८३

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। यसदिन नेप्से परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा अडिएको छ। नेप्से परिसूचक घट्दा कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ।

अघिल्लो कारोबार दिन बुधबार सेयर बजारमा ३०.०९ अंकले गिरावट आएको थियो। सो दिन ४ अर्ब ८२ करोड मूल्य बराबरको कारोबार भएको थियो।

यसदिन ३६१ वटा स्क्रिप्सको ८७ लाख ५१ हजार ३८० कित्ता सेयर ४ अर्ब ६१ करोड १९ लाख  ५४ हजार ७८२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ४२ वटा स्टक्सको मूल्य बढ्दा २२९ वटाको  घट्यो। ६ वटा स्टक्सको मूल्य स्थिर रह्यो।

उपकार लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक १२.६८ प्रतिशतले बढ्दा स्नो रिभर्सको सेयर ११.७६ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक लि डिवेन्चर २०८६/८७ शीर्षस्थानमा रह्यो। सो बैंकले ३५ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।

यसदिन १३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन्। ट्रेडिङ समूहको उपसूचक २.३६ प्रतिशतले बढ्दा डेभलपमेन्ट बैंक,मनु एण्ड प्रो र म्युचुअल फण्ड समूहको उपसूचक १ प्रतिशत बढीले वृद्धि भए।


Published :असार २५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media