कर्णालीको मुख्यमन्त्रीमा मङ्गलबहादुर शाही नियुक्त

राष्ट्रपाटी न्युज

साउन १२, २०८३

कर्णाली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

नेकपा (एमाले)को समर्थनमा उनी आज कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेत पुगेका थिए । शाहीले दाबी पेस गर्ने समयमा एमालेका प्रमुख सचेतक टेकराज पछाइको पनि उपस्थिति थियो ।

प्रदेश प्रमुख यज्ञराज जोशीले नेता शाहीलाई आजै मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

हाल कर्णाली प्रदेशसभाका ४० प्रदेशसभा सदस्यमध्ये १४ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र १० नेकपा एमालेका प्रदेशसभा सदस्य छन् ।


Published :साउन १२, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media