सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टद्वारा पद तथा गोपनीयताको शपथ

राष्ट्रपाटी न्युज

साउन २९, २०८३

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री भट्टले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेकपा एमालेको समर्थनमा भट्ट शुक्रबार नै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएपछि भट्टले प्रदेश सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै जनताका अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  उनले प्रदेश सरकारको स्थायित्व, विकास निर्माण र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

मुख्यमन्त्री भट्टको नेतृत्वमा सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन भएको हो।


Published :साउन २९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media