विशेष महाधिवेशनका नाममा विधि र विधान मिचिएको छ, अदालतबाट न्याय हुन्छः देउवा

राष्ट्रपाटी न्युज

साउन २९, २०८३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा विधि र विधान मिचिएको बताएका छन्। उनले आफू मेलमिलापको पक्षमा रहेको बताउँदै अदालतबाट न्याय पाउने आशामा रहेको बताए।

शुक्रबार कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टीभित्रका असहमतिलाई सबैको भावनाको कदर हुनेगरी समाधान गर्नुपर्ने बताए । उनले व्यक्ति केन्द्रित नभई कांग्रेसको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिए।

मुलुकको राजनीतिक अवस्था संवेदनशील रहेको भन्दै देउवाले लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकढिक्का हुनुपर्ने बताए। राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्ने आवश्यकता रहेको भन्दै उनले सबै राष्ट्रिय राजनीतिक शक्तिलाई एकढिक्का बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

आफू प्रजातन्त्रको पक्षमा रहेको बताउँदै देउवाले विगतमा शाही शासनले आफूलाई जेल हालेको र त्यतिबेला अदालतले न्याय दिएको स्मरण गरे। त्यसैले अहिले पनि न्यायालयले न्याय दिनेमा आफू आशावादी रहेको उनले बताए ।


Published :साउन २९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media