रेडक्रसमा अनियमितताको आरोपमा पूर्व अध्यक्ष थापासहित पाँच पदाधिकारी पक्राउ

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँच जना पदाधिकारी पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रेडक्रसको जिम्मेवारीमा रहँदा अनियमितता गरेको आरोपमा थापासहित पाँच जना पदाधिकारीलाई अनुसन्धानका लागि पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार रेडक्रसका पाँच जना पदाधिकारीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।

पक्राउ परेकामाथि रेडक्रसमा रहँदा भएका भनिएका अनियमितताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Published :भदौ २, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media