Close Menu
    आजका समाचार

    राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

    मंसिर १ २०८३, मङ्लबार

    नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

    मंसिर १ २०८३, मङ्लबार

    सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

    मंसिर १ २०८३, मङ्लबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित
    • नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण
    • सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा
    • भारतबाट ३५० मेगावाट विद्युत् आयात, ५६ मेगावाट निर्यातको अनुमति
    • एनपिएल : सुदूरपश्चिमद्वारा लुम्बिनीसामु १०६ रनको लक्ष्य प्रस्तुत
    • सहकारी ठगी मुद्दामा नेपालीसहित सात जनालाई कैद र जरिवाना
    • नीतिगत सुधार र सुशासनकै कारण राजस्व बढेको अर्थमन्त्री वाग्लेको दाबी
    • नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार अर्ब ७३ करोडमाथिको कारोबार
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»अर्थ»भारतबाट ३५० मेगावाट विद्युत् आयात, ५६ मेगावाट निर्यातको अनुमति
    अर्थ मंसिर १ २०८३, मङ्लबार

    भारतबाट ३५० मेगावाट विद्युत् आयात, ५६ मेगावाट निर्यातको अनुमति

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर १ २०८३, मङ्लबारNo Comments0 Views
    Clock मंसिर १ २०८३, मङ्लबार

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ ।

    भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न नेपाल विद्युत् प्राधिकरणलाई अनुमति दिएको हो । दुई संस्थाबीच भएको सहमतिअनुसार, नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी साउन १५ गतेसम्म विद्युत् आयात गर्न पाउनेछ । जसअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म बाहेक अन्य समयमा विद्युत् आयात गर्न सक्नेछ ।

    प्राप्त अनुमति बमोजिम, कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट विद्युत् आयात गरिनेछ ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भारतबाट ३५० मेगावाट विद्युत् आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा विद्युत् माग र आपूर्तिको व्यवस्थापन गर्न थप सहज हुने बताए ।

    भोटेकोशी बाढीकाकारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमताका आयोजना राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् । त्यस अवस्थालाई ध्यानमा राखेर आगामी हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

    गत वर्षको विद्युत् माग र उत्पादनको अवस्थालाई आधार मानेर गरिएको विश्लेषणअनुसार यस वर्ष पुस, माघ, फागुन र चैत गरी चार महिनासम्म विद्युत् माग आन्तरिक उत्पादनभन्दा बढी हुने अनुमान छ । विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म निरन्तर विद्युत् आयात गर्नुपर्ने अनुमान गरिएको छ ।

    यस्तै, उच्च माग हुने पिक आवरमा दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको अनुमान गरिएको छ । पुस र चैतमा भने तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने आँकलन छ । आगामी वैशाखदेखि नदीमा पानीको बहाव क्रमश: बढ्दै जाने भएकाले आन्तरिक विद्युत् उत्पादनमा वृद्धि भई आयात प्रतिस्थापन हुँदै विद्युत् निर्यात सुरु हुने अनुमान गरिएको छ ।

    ५६ मेगावाट विद्युत निर्यात अनुमति

    नेपाल विद्युत् प्राधिकरणले तीन वटा जलविद्युत् आयोजनाबाट उत्पादित कूल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) मा बिक्री गर्न पनि अनुमति पाएको छ । प्राधिकरणले आजैदेखि १५ आगामी साउनसम्म उक्त विद्युत् निर्यात गर्ने अनुमति पाएको हो ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

    मंसिर १ २०८३, मङ्लबार

    नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

    मंसिर १ २०८३, मङ्लबार

    सहकारी ठगी मुद्दामा नेपालीसहित सात जनालाई कैद र जरिवाना

    मंसिर १ २०८३, मङ्लबार

    नीतिगत सुधार र सुशासनकै कारण राजस्व बढेको अर्थमन्त्री वाग्लेको दाबी

    मंसिर १ २०८३, मङ्लबार

    नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार अर्ब ७३ करोडमाथिको कारोबार

    मंसिर १ २०८३, मङ्लबार

    बाढीपछिको पुनर्निर्माणमा सहयोग बढाउन एडिबीसँग नेपालको आग्रह

    मंसिर १ २०८३, मङ्लबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार50

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    अर्थ

    राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

    By Manoj Khatiwadaमंसिर १ २०८३, मङ्लबार0

    काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ।…

    नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

    मंसिर १ २०८३, मङ्लबार

    सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

    मंसिर १ २०८३, मङ्लबार

    भारतबाट ३५० मेगावाट विद्युत् आयात, ५६ मेगावाट निर्यातको अनुमति

    मंसिर १ २०८३, मङ्लबार

    एनपिएल : सुदूरपश्चिमद्वारा लुम्बिनीसामु १०६ रनको लक्ष्य प्रस्तुत

    मंसिर १ २०८३, मङ्लबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.