२४ घन्टामा थप १५ सय ७३ मा कोरोना संक्रमण

राष्ट्रपाटी न्युज

११ आश्विन २०७७

नेपालमा थप १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १५ सय ७३ जना कोरोना संक्रमित देखिएको जानकारी दिएका हुन् । २४ घन्टामा १० हजार १ सय २३ पीसीआर परीक्षण भएका छन् । आइतबारसम्म ९ लाख ८८ हजार ३ सय २७ पीसीआर परीक्षण गरिएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ८५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ जना पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आइसोलेसनमा रहनेको संख्या १९ हजार १९ र क्वारेन्टाइनमा रहेकाको संख्या ६ हजार २ सय ८१ रहेको छ ।


Published :११ आश्विन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media