बुढानिलकण्ठ १२ मा माधव नेपाल पक्षकाे छुट्टै कमिटि घोषणा

काठमाण्डौ। देशव्यापी रुपमा सामानन्तर गतिविधि सञ्चालन गरिरहेको नेकपा एमालेकाे माधव नेपाल पक्षले बुढानिलकण्ठ नगरपालिकामा समेत आफ्नो गतिविधि शुरू गरेको छ। आज यस नगरपालिकाकाे वडा नं १२ मा यो समुहले २०७५ जेष्ठ ३ गते अगाडिकाे कमिटि पुनर्गठन गरिएको भन्दै नयाँ कमिटि घोषणा गरेको छ। बुढानिलकण्ठ नगरपालिकाकाे वडा नं १२ मा रहेको इभरशाइन पार्टी प्यालेसमा सञ्चालन गरिएको भेलाले रामशरण सापकोटा अध्यक्ष रहेको ५१ सदस्यीय कमिटि घोषणा गरेको दावी गरेको छ।

यस अघि काठमाडौं जिल्लाकाे सामानन्तर कमिटि समेत घोषणा गरेको यो समुहले जिल्ला सचिवमा क्षेत्र नं ४ ख का माननीय कुशुम कुमार कार्की , क्षेत्र नं ४ काे अध्यक्षमा धुर्बराज न्यौपाने तथा बुढानिलकण्ठ नगरपालिकाकाे संयोजकमा हरिराम ढुंगानालाई नियुक्त गरेको थियो।

बुढानिलकण्ठ नगरपालिकामा खासै सक्रिय नदेखिएको यो समुहले वडा नं १२ बाट आफ्नो औपचारिक भेला शुरू गर्दै पार्टीको वडा कमिटि सहित युवा र अनेमसंघ समेत गठन गरेको छ।

केही समय अगाडि यसै वडाका सक्रिय वली पक्षधर मानिने निरञ्जन नेपालले समेत गुट परिवर्तन गरी माधव नेपाल पक्ष तिर लागेका थिए।


Published :९ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media